ताजा खबर
रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाँदा बिरामी परेकामध्ये थप एक बालिकाको मृत्यु भएको छ।
मंगलबार राति दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७ वर्षीया बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ। त्यसअघि मंगलबार दिउँसो उनका ३ वर्षीय भाइको सल्यान अस्पतालमा मृत्यु भएको थियो।
यो घटना आइतबार बेलुकी भएको हो। एउटै परिवारका चार जनाले जङ्गली च्याउ खाएपछि सबै बिरामी परेका थिए।
बिरामीमध्ये ९ वर्षीया अर्की बालिकालाई दाङ रिफर गरिएको छ भने आमा हाल रुकुमपश्चिमको जिल्ला अस्पतालमा उपचाररत छन्। उनको अवस्था मध्यम रहेको बताइएको छ।
प्रहरी र स्वास्थ्यकर्मीहरूद्वारा घटनाको अनुसन्धान र स्वास्थ्य उपचार प्रक्रिया जारी रहेको जनाइएको छ। च्याउ विषालु भएको आशंकामा परीक्षण प्रक्रिया अघि बढाइएको छ।
Popular Tags:
Super Admin
>