२०२६-०६-१३
‘हेभी मेटल’का गडफादर ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन>
Action

‘हेभी मेटल’का गडफादर ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन

काठमाडौं । विश्व चर्चित हेभी मेटल समूह ‘ब्ल्याक सब्बाथ’का प्रमुख गायक तथा रियालिटी टिभी स्टार ओजी ओस्बोर्नको निधन भएको छ । ७६ वर्षीय ओस्बोर्नको मृत्युबारे पारिवारिक स्रोतले बुधबार बिहान पुष्टि गरेको हो।

परिवारले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, “हाम्रो प्रिय ओजी ओस्बोर्न आज बिहान परिवारको साथमा र माया गर्नेहरूको घेरामा रहेर संसारबाट बिदा भए । यो खबर अत्यन्त दुःखद छ । हामी सबैलाई पारिवारिक गोपनीयताको सम्मान गर्न आग्रह गर्छौं ।” उनको मृत्युको कारण भने औपचारिक रूपमा खुलाइएको छैन।

केही साताअघि मात्रै उनले आफ्नो गृहनगर बर्मिंघममा ‘ब्ल्याक सब्बाथ’सँग पुनर्मिलन प्रस्तुति दिएका थिए। बासिस्ट गीजर बटलर, गिटारिस्ट टोनी इओमी र ड्रमर बिल वार्डसँगको यो ‘ब्याक टु द बिगिनिङ’ नामक कन्सर्ट दुई दशकपछि भएको पहिलो प्रस्तुति थियो। यसलाई ओस्बोर्नको अन्तिम स्टेज प्रस्तुति मानिएको थियो।

‘ब्ल्याक सब्बाथ’ले सन् १९७० मा रिलिज गरेको एल्बम प्यारानोइड बेलायती चार्टको शिखरमा पुगेको थियो। सन् २०१३ मा समूहले एल्बम १३ सार्वजनिक गरेको थियो। डार्क ट्राइटोन ध्वनि, शैतानी आभा र मध्ययुगीन प्रभावले भरिएको संगीतका कारण समूह विश्वभर लोकप्रिय भएको थियो।

ओस्बोर्नलाई ‘हेभी मेटलका गडफादर’ मात्र नभई ‘प्रिन्स अफ डार्कनेस’ उपनामले समेत चिनिन्थ्यो, जुन उनले आफ्नै सामाजिक सञ्जाल खातामा पनि प्रयोग गर्दै आएका थिए।

उनको निधनले विश्व संगीत क्षेत्र एक महान कलाकार गुमाएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart