२०२६-०६-११
एमालेको मुभ : प्रतिनिधिसभा पुन:स्थापनाको मागसहित सर्वोच्चमा रिट, चुनावमा भाग लिन आयोगमा दलदर्ता !>
Action

एमालेको मुभ : प्रतिनिधिसभा पुन:स्थापनाको मागसहित सर्वोच्चमा रिट, चुनावमा भाग लिन आयोगमा दलदर्ता !

नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । आज निर्वाचन आयोगको कार्यलयमा पुगेर एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । एमाले निर्वाचनका लागि पूरा गर्न सधैं तयार रहेकाले दल दर्ता गराइएको आचार्यले जानकारी दिए। प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समयसीमा तोकिएको छ। 

यता प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ।

प्रतिनिधिसभाको सदस्य नभएको,सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको व्यक्ति,कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको,धारा ७६ तथा धारा १३२(२) विपरित गैर संवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा निजको प्रधानमन्त्री पदमा भएको नियुक्तिविरुद्ध अधिकार पृच्छाको आदेश माग गरिएको छ।।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart