ताजा खबर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक सदस्य तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको निधन भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार घर्तीको शुक्रबार बिहान सातदोबाटोस्थित आफ्नै निवासमा अकस्मात् स्वास्थ्य समस्या आएपछि बीएण्डबी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई केहीबेरमै मृत घोषित गरेका थिए।
पूर्वमन्त्री घर्ती मगर रोल्पाबाट प्रतिनिधित्व गर्दै पटक–पटक सांसद र मन्त्री बनेका थिए। उनी नेपाली राजनीतिमा लामो समय सक्रिय रहँदै आएका थिए र राप्रपा स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
घर्तीको पार्थिव शरीर अहिले बीएण्डबी अस्पतालमै राखिएको छ। उनका श्रीमती र सात छोरी छन्। प्रवक्ता श्रेष्ठका अनुसार एक छोरी बाहेक सबै विदेशमा रहेकाले अन्तिम संस्कार उनीहरू आएपछि मात्र गरिनेछ। घर्तीको निधनले नेपाली राजनीतिक वृत्तमा शोक छाएको छ।
Popular Tags:
Super Admin
>