ताजा खबर
काठमाडौं । संसद्को क्यालेन्डर र आगामी कार्यसूचीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
सभामुखको सचिवालयका अनुसार साउन १५ सम्मको संसदीय क्यालेन्डर लगायत विषयमा छलफल गर्न बैठक बुधबार मध्यान्ह १२ बजेका लागि तय गरिएको हो।
बैठक संसद भवन, नयाँ बानेश्वरस्थित शंकर हलमा बस्नेछ।
संसदीय सत्रका क्रममा हुने विधेयक पेश, छलफल तथा अन्य कार्यसूची व्यवस्थित बनाउन कार्यव्यवस्था परामर्श समितिको बैठक महत्वपूर्ण मानिन्छ।
बैठकमा प्रमुख तीन दलका नेताहरू, संसदीय दलका प्रमुख सचेतकहरू, राष्ट्रिय सभाका प्रतिनिधि लगायतको उपस्थिति रहने जनाइएको छ।
Super Admin
>