ताजा खबर
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ। बुधबार मात्र प्रतितोला २१ सय रुपैयाँले मूल्य बढ्दै सुन १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँभन्दा मात्र ३ सय रुपैयाँले कम हो, जुन वैशाख ९ गते कायम भएको थियो।
चाँदीको मूल्यमा भने नयाँ कीर्तिमान बनेको छ। प्रतितोला ३० रुपैयाँले बढ्दै चाँदी २३५० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
विश्व बजारमा अस्थिरता, माग वृद्धि र डलरको उतारचढावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ।
Popular Tags:
Super Admin
>