ताजा खबर
नयाँ दिल्ली । ख्यातिप्राप्त दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवास रावको आइतबार निधन भएको छ। ८३ वर्षको उमेरमा हैदराबादस्थित आफ्नै निवासमा उनले अन्तिम सास फेरेका हुन्। उनी केही समयदेखि अस्वस्थ थिए।
सन् १९४३ मा जन्मिएका श्रीनिवासले तेलुगु, तमिल, कन्नड र हिन्दी गरी ७५० भन्दा बढी फिल्महरूमा अभिनय गरेका थिए। खलनायकको भूमिकामा विशेष प्रसिद्धि कमाएका उनले सन अफ सत्यमूर्ति, टेम्पर, येवादु, सरकार, रक्त चरित्र, बागी लगायतका चलचित्रमा अभिनय गरेका थिए।
उनको अन्तिम चलचित्र सन् २०२३ मा रिलिज भएको कब्जा हो।
सन् २०१५ मा भारत सरकारले उनलाई पद्मश्री सम्मानबाट विभूषित गरेको थियो। अभिनयसँगै उनी राजनीतिमा पनि सक्रिय थिए। सन् १९९९ देखि २००४ सम्म उनी विजयवाडा पूर्व क्षेत्रबाट आन्ध्र प्रदेशको विधायक बनेका थिए।
Popular Tags:
Super Admin
>