२०२६-०६-११
सुनचाँदीमा कर वृद्धि विरुद्ध व्यवसायी सडकमा, काठमाडौंमा र्‍याली र कोणसभा>
Action

सुनचाँदीमा कर वृद्धि विरुद्ध व्यवसायी सडकमा, काठमाडौंमा र्‍याली र कोणसभा

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार काठमाडौंमा र्‍यालीसहित विरोधसभा (कोणसभा) गर्दै सरकारको नयाँ कर नीतिको विरुद्धमा आवाज उठाएका छन्।

व्यवसायीहरूले न्युरोडस्थित जुद्धशालिकबाट र्‍याली सुरु गर्दै इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट हुँदै पुनः जुद्धशालिक र पुरानो नगरपालिकासम्म प्रदर्शन गरेका हुन । प्रदर्शनपछि कोणसभा गर्दै उनीहरूले सरकारले आर्थिक विधेयक २०८१ मा सुन र हिरामा गरिएको अतिरिक्त कर तत्काल फिर्ता लिन माग गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको छ। यस्तो करले नेपाली सुनचाँदी उद्योग धराशायी बनाउने खतरा रहेको व्यवसायीहरूको आरोप छ । उनीहरूका अनुसार यस्तो कर नीतिले आयात घटाउने मात्र होइन, उपभोक्तालाई महँगो मूल्यमा सुनचाँदी किन्न बाध्य बनाउँछ, जसले गर्दा कालोबजारी, तस्करी र घरेलु उद्योगको गिरावट झनै बढ्नेछ।

कोणसभामा वक्ताहरूले उल्लेख गरेअनुसार नेपालमा लाखौं जनाले सुनचाँदी र आभूषण व्यवसायबाट रोजगारी पाइरहेका छन्। यस्ता करले ती सबैको भविष्य संकटमा पार्ने खतरा रहेको छ। उनीहरूले सरकारले लगाएको कर नीति व्यवसायमैत्री नभएको भन्दै यसले वैदेशिक मुद्रा सञ्चिति, व्यापार सन्तुलन र राजस्व वृद्धिमा समेत नकारात्मक असर पार्ने बताएका छन्।

 सरकारले मागहरू नस्वीकारेमा चरणबद्ध आन्दोलन चर्काउने महासंघहरूले चेतावनी दिएका छन् । अब व्यवसायीहरू देशभरका सुनचाँदी पसलहरू बन्द गर्ने, संसद्मा दबाब दिने र मन्त्रालयस्तरीय वार्ता गर्ने तयारीमा छन्।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart