२०२६-०६-१३
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई युवक बेपत्ता, खोजीकार्य जारी>
Action

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई युवक बेपत्ता, खोजीकार्य जारी

रसुवा — पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा मोरङ, विराटनगरका सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन्।

उनीहरू गहिरो भागमा स्नान गर्न कुण्डमा पसेको र त्यसपछि डुबेर बेपत्ता भएको अनुमान गरिएको छ। तीर्थयात्राका क्रममा स्नान गरिरहेका बेला उनीहरू अचानक हराएको देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

बेपत्ताको खोजीका लागि नेपाली सेना अन्तर्गत श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली आइतबार नै घटनास्थलतर्फ पठाइएको छ। खोजीकार्य जारी रहेको र हालसम्म फेला नपरेको प्रहरीले जानकारी दिएको छ।

श्रावण महिनाको अवसरमा हजारौं तीर्थालु गोसाइँकुण्डमा स्नान तथा दर्शनका लागि पुग्ने गरेका छन्। धार्मिक आस्थासँग जोडिएको यस स्थानमा वर्षेनी यस्ता घटनाहरू हुन थालेपछि सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्नुपर्ने आवाज उठ्न थालेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart