ताजा खबर
भक्तपुर । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएका दुई किशोरी बिहीबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सुर्खेतकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल बिहान ६:४५ बजे डेराको प्यासेजमा एउटै नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हुन्।
प्रहरीका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार मृतक दुवै जना दिदीबहिनी हुन् र केही समयदेखि उक्त डेरामा बस्दै आएका थिए।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि पठाइसकेको छ। घटनाको कारण खुल्न नसकेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकहरूका परिवार र साथीभाइबाट जानकारी संकलन गर्ने काम पनि सुरु गरिएको छ। घटनाले गम्भीर शंका जन्माएको हुँदा प्रहरी मानसिक स्वास्थ्य, पारिवारिक अवस्था र अन्य सम्भावित कारणहरूबारे समेत विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
Popular Tags:
Super Admin
>