२०२६-०६-१३
९ वर्षपछि गणेश उप्रेतीको फिल्मी कमब्याक: 'झरीपछिको इन्द्रेणी'बाट पर्दामा फर्किँदै>
Action

९ वर्षपछि गणेश उप्रेतीको फिल्मी कमब्याक: 'झरीपछिको इन्द्रेणी'बाट पर्दामा फर्किँदै

काठमाडौं । एक समयका चर्चित अभिनेता गणेश उप्रेती ९ वर्षको लामो अन्तरालपछि पुनः नेपाली फिल्म क्षेत्रमा फर्किन लागेका छन्। अमेरिकामा बसोबास गर्दै आएका उप्रेतीले अब 'झरीपछिको इन्द्रेणी' मार्फत पुनरागमन गर्ने भएका हुन्।

यो फिल्मको छायांकन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ। हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दै छन्।

गणेश उप्रेतीले आफ्नो अभिनय यात्रा 'भाग्य रेखा' बाट सुरु गरेका थिए। उनले हालसम्म ४३ वटा फिल्ममा अभिनय गरिसकेका छन्। उनको अन्तिम फिल्म ‘होमवर्क’ सन् २०१६ मा रिलिज भएको थियो।

'झरीपछिको इन्द्रेणी' मा दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा जस्ता चर्चित कलाकारहरू पनि देखिनेछन्। साथै, फिल्ममा काठमाडौं महानगर प्रमुख तथा चर्चित र्‍यापर बालेन शाहको एक गीत पनि समावेश गरिने स्रोतले जनाएको छ।

पशुपति शिवजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमै हुनेछ। उप्रेतीका फ्यानहरूका लागि यो खबर साँच्चिकै रमाइलो पुनर्मिलन बन्ने देखिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart