२०२६-०६-१३
बूढानीलकण्ठमा एक व्यक्तिको शव फेला, प्रहरीले अनुसन्धान अघि बढायो>
Action

बूढानीलकण्ठमा एक व्यक्तिको शव फेला, प्रहरीले अनुसन्धान अघि बढायो

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठमा एक व्यक्तिको शव फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेलमा रहेको करूणा अस्पतालअगाडि निर्माणाधीन घरको मूल ढोकामा शव देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराका अनुसार मृतक खोटाङका ५० वर्षीय राजकुमार राई हुन्, जो सोही निर्माणाधीन घरमा बस्दै आएका थिए। बुधबार बिहान साढे ६ बजे तिर उनी मूल ढोकाअगाडि उत्तानो परेर मृत अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार राईको टाउकोको पछाडिपट्टिबाट रगत बगेको देखिएको छ। प्रारम्भिक अनुमानअनुसार उनी लडेर टाउकोमा चोट लाग्दा मृत्यु भएको हुनसक्ने देखिएको छ। घटनास्थलमा प्रहरी वृत्त महाराजगन्जबाट टोली खटिएको थियो भने शवलाई बिहान साढे १० बजे त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart