२०२६-०६-११
सैयारा को धमाकेदार ओपनिङ, दुई दिनमै लागत सुरक्षित>
Action

सैयारा को धमाकेदार ओपनिङ, दुई दिनमै लागत सुरक्षित

काठमाडौं । नव कलाकार अहान पाण्डे र अनीत पड्डा अभिनित बलिउड फिल्म ‘सैयारा’ ले प्रदर्शनको पहिलो दुई दिनमै बक्स अफिसमा शानदार सफलता हासिल गरेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको मोहित सुरी निर्देशित म्युजिकल रोमान्टिक फिल्मले अपेक्षा भन्दा राम्रो ओपनिङ गर्दै २१ करोड भारु कमाइ गरेको छ, जुन यस वर्षको चौथो ठूलो ओपनिङ हो ।

‘सैयारा’ ले ‘छावा’, ‘सिकंदर’ र ‘हाउसफुल ५’ जस्ता चर्चित फिल्महरूलाई पछाडि पार्दै बलियो सुरुआत गरेको छ । फिल्मको बजेट ४५ करोड भारु बताइएको छ भने यो दुई दिनमै लागत बराबरको व्यापार गर्दै नाफातर्फ अघि बढिसकेको छ ।

फिल्मबाट नव अभिनेता अहान पाण्डेले ऐतिहासिक कीर्तिमान पनि बनाएका छन् । ‘सैयारा’ बलिउड इतिहासमै पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने डेब्यु फिल्म बनेको छ । यशराज फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रले आइतबार समेत उल्लेखनीय व्यापार गर्ने अनुमान गरिएको छ ।

अग्रिम टिकट बुकिङ राम्रो देखिएको फिल्मले पहिलो सप्ताहन्तमै ४५ करोड रुपैयाँभन्दा बढी कारोबार गरिसकेको छ । यसरी ‘सैयारा’ ले नयाँ कलाकारका लागि पनि बलिउडमा राम्रो सम्भावना देखाएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart