ताजा खबर
आगामी साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउने बहुप्रतीक्षित नेपाली फिल्म ‘सिटामोल’ले आफ्नो दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक गरेको छ। भिडियोमा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतकार बाबुल गिरी पनि देखिएका छन्, जसले गीतलाई अझ विशेष बनाएको छ।
गीतको संगीत र स्वर बाबुल गिरीकै रहेको छ भने शब्द गोविन्द भट्टले लेखेका हुन्। गीतमा रोमान्टिक भावनाका साथ प्रेम र तडपको मिश्रण देखिन्छ। चलचित्र निर्माण टिमले यो गीत फिल्मको चर्चा थप चुल्याउने विश्वास लिएको छ।
राज बहादुर सानेको निर्देशनमा बनेको यस फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली तथा आराध्या राज्यलक्ष्मी डिसीले अभिनय गरेका छन्।
यस फिल्ममार्फत श्रीकृष्ण र जानुकाले नेपाली सिनेमामा डेब्यु गरेका छन्। फिल्म ‘सिटामोल’ले नेपाली समाज र भावना समेट्ने कथा प्रस्तुत गर्ने तयारीमा छ।
Popular Tags:
Super Admin
>