ताजा खबर
काठमाडौं — भिडियो साझेदारी प्लेटफर्म युट्युबले केही साताभित्रै ‘ट्रेन्डिङ’ सेक्सन हटाउने घोषणा गरेको छ। कम्पनीले ट्रेन्डिङ पृष्ठ र ट्रेन्डिङ नाउ सूचीलाई बन्द गर्दै निश्चित विधामा आधारित नयाँ ‘स्पेसिफिक चार्ट’ ल्याउने बताएको छ।
युट्युबले सन् २०१५ मा भाइरल भिडियोमा केन्द्रित ट्रेन्डिङ पृष्ठ सार्वजनिक गरेको थियो। तर, अहिले ट्रेन्डिङ सेक्सन हटाएर सामग्रीको खोजीमा थप विविधता दिने योजना बनाएको छ। नयाँ चार्टमा ट्रेन्डिङ म्युजिक भिडियोज, विक्ली टप पडकस्ट शो, र ट्रेन्डिङ मूभी टेलर्स समावेश हुनेछन्। कम्पनीले निकट भविष्यमै थप खण्ड थप्ने तयारीमा रहेको जनाएको छ।
युट्युबले एक ब्लग पोस्टमार्फत भनेको छ, ‘हामी लोकप्रिय सामग्रीको फराकिलो दायरा देखाउन र दर्शकलाई उनीहरूलाई मन पर्ने भिडियो व्यक्तिगत सिफारिसमार्फत देखाउन निरन्तर काम गरिरहेका छौं।’
दर्शकहरूले एक्स्प्लोर मेनु, क्रिएटर च्यानल्स र सब्सक्रिप्सन फिडमार्फत गैर–व्यक्तिगत सामग्री ब्राउज गर्न सक्नेछन्।
ट्रेन्डिङ सेक्सन हटाउन लागिएको कारण विभिन्न रुचिका फ्यानहरूले बनाउने भिडियोका कारण ट्रेन्डमा लगातार परिवर्तन आइरहेको हुनाले युट्युबले यसलाई थप विशेष र सुक्ष्म बनाउने उद्देश्य राखेको छ।
युट्युबले सिर्जनाकर्तालाई आफ्ना दर्शकमाझ के लोकप्रिय छ भनेर निर्धारण गर्न आवश्यक टुल्सहरू प्रदान गर्ने बताएको छ।
नेपालमा ट्रेन्डिङ सेक्सन विशेषगरी फिल्मको ट्रेलर, संगीत र भ्लगिङ भिडियो क्षेत्रमा निकै लोकप्रिय छ।
Popular Tags:
Super Admin
>