ताजा खबर
काठमाडौं — सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा साउन २४ देखि ३१ सम्म ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ। यो लगातार दोस्रो वर्ष आयोजना हुन लागेको महोत्सवमा १४ जना कमेडियनले प्रस्तुति दिनेछन्।
संस्थानले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको छ। प्रस्तुति दिने कलाकारहरूको लाइनअपमा पुराना हास्यकलाकारदेखि चर्चित टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ र ‘कमेडी दरबार’ का कलाकारहरू रहेका छन्।
सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, राजा राजेन्द्र पोखरेलले प्रस्तुति दिनेछन्। ‘कमेडी दरबार’ बाट हिमेश पन्त, विकास अर्याल, सरोज भण्डारी र सुजिता श्रेष्ठ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ बाट भरतमणी पौड्याल, सन्तोष थापा, सुमन कोइराला र कैलाश कार्कीले प्रस्तुति दिने जनाइएको छ।
त्यसैगरी दिनेश काफ्ले, खडगबहादुर पुन र सुयशा खनालले पनि प्रस्तुति दिनेछन्। दर्शकहरूले कार्यालय र संस्थानको वेबसाइटमार्फत टिकट किन्न सक्नेछन्।
गाईजात्रा (सापारु) को सांस्कृतिक पर्वको अवसरमा यो महोत्सव आयोजना गरिएको हो। यसको मौलिक लोक संस्कृति संरक्षण गर्न गतवर्षदेखि यो महोत्सव सुरु गरिएको संस्थानले जनाएको छ।
संस्थानका महाप्रबन्धक किरणबाबुले महोत्सवलाई भव्य रूपमा सम्पन्न गरिने बताए। साथै, सांस्कृतिक पर्वलाई ब्यंग्य गर्ने परम्परागत छुटको दुरुपयोग गरी अतिरञ्जित प्रहसन गरिँदै आएको प्रति संस्थानले सावधानी राख्न आग्रह गरेको छ।
Popular Tags:
Super Admin
>