२०२६-०८-१३
साउन र तीजको फेसन: ‘लेस इज मोर’ मा रमाउँदै महिलाहरु>
Action

साउन र तीजको फेसन: ‘लेस इज मोर’ मा रमाउँदै महिलाहरु

काठमाडौं। श्रावण महिनाको सुरुवात अब केही दिनमै हुँदैछ भने हरितालिका तीज पनि नजिकिँदैछ। हिन्दू महिलाहरूका लागि धार्मिक आस्था, व्रत, र सौन्दर्यप्रति समर्पित यी दुई पर्वले पहिरन र फेसनमा पनि नयाँ रंग भर्दै आएका छन्।

सामान्य दिनमा क्याजुअल र अफिसियल पोशाकमा सजिने महिलाहरू तीज र श्रावणमा भने परम्परागत पहिरन—साडी, कुर्ता, चुरा, मेहेन्दी र गहनामा विशेष आकर्षण देखाउँछन्। पछिल्लो समय भने यी चाडपर्वमा फेसन ट्रेन्ड पनि निकै परिवर्तन हुँदै आएको छ।

सजिलो तर आकर्षक—'लेस इज मोर' शैली लोकप्रिय

पहिले झैं भारी सारी वा गरगहना लगाउने चलन अब केही ओझेलमा पर्दैछ। 'थोरै लगाऊ, तर आकर्षक देखिऊ' भन्ने सोचमा महिलाहरू अब सादा तर स्मार्ट देखिने पहिरन रोज्न थालेका छन्। सादा रंगका हल्का बुट्टा भएको सारी, गुलाबी, पहेंलो र रातो रंगका कुर्ता, रफल साडी, वा कफ्टान शैली पनि अहिलेको रोजाइमा परेका छन्।

ब्लाउज र गहनामा परिष्कृत विकल्प

भी नेक र डिप नेक ब्लाउज अहिले निकै चलनमा छन्। ब्लाउजको बाहुला डिजाइनअनुसार चुरा मिलाएर लगाउने फेसन पनि बढ्दो छ। भारी गहनाको सट्टा सादा पोटे, डाइमन्ड पेन्टेड नेकलेस वा सुनको एकल गहना धेरै महिलाले रोज्न थालेका छन्। विवाहित महिलाले तीजमा तिलहरी अनिवार्य रूपमा लगाउने परम्परा अझै कायम छ।

खुला जुत्ता र मिलेको मेकअप

गर्मी र वर्षाका कारण ओपन (खुल्ला) जुत्ता महिलाहरूको रोजाइमा छन्। चम्किलो सुनौलो, रातो वा गुलाबी रंगका हल्का हिल भएका सुज चलनमा छन्। त्यस्तै, लुगासँग मिल्ने सहज मेकअप अहिलेको फेसन बनेको छ।

संस्कृति र फेसनको सन्तुलन

श्रावण र तीजमा महिलाहरूको पहिरन केवल सौन्दर्यका लागि नभएर संस्कार र श्रद्धाको पनि प्रतीक हो। तिलहरी, सिन्दूर, हरियो चुरा, वा मेहेन्दी मात्र फेसन होइन, सांस्कृतिक पहिचान पनि हो। आधुनिक महिलाहरू अहिले फेसन र संस्कृति दुबैलाई सन्तुलनमा राखेर सजिने प्रयासमा छन्।

यस वर्षको तीज र श्रावणमा पनि सादगी, आस्था र सौन्दर्यको अद्भुत समिश्रण देखिने संकेत छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart