२०२६-०६-१३
काठमाडौंमा विद्यार्थीको प्रदर्शन : प्रहरीले हस्तक्षेप>
Action

काठमाडौंमा विद्यार्थीको प्रदर्शन : प्रहरीले हस्तक्षेप


काठमाडौं । निशुल्क, समान र वैज्ञानिक शिक्षाको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई प्रहरीले हस्तक्षेप गरेको छ। सोमबार नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को आह्वानमा भएको प्रदर्शनमा विद्यालय पोशाकमै आएका बालबालिकासमेत सहभागी थिए, जसलाई प्रहरीले रोकेको हो।

‘शिक्षा जनताको अधिकार हो’, ‘निशुल्क शिक्षा प्रणाली लागू गर’, ‘पढाइसँगै रोजगारीको ग्यारेन्टी गर’ भन्ने नारासहित विद्यार्थीहरूले प्लेकार्ड बोकेर प्रदर्शन गरे। उनीहरूले हाल तयार भइरहेका शिक्षा ऐनलाई जनताको पक्षमा उभिने गरी परिवर्तन गर्नुपर्ने माग गर्दै सरकारलाई दबाब दिएका थिए।

प्रदर्शनको क्रममा केही स्थानमा हल्का झडपको स्थिति समेत सिर्जना भयो। प्रहरीको हस्तक्षेपपछि केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रदर्शनकारीहरूले शिक्षालाई पहुँचवालाको विशेषाधिकारमा सीमित गर्न नहुने तर्क गर्दै, पछि परेका तथा सीमान्तकृत समुदायका लागि लक्षित शिक्षा नीतिहरू आवश्यक रहेको बताए। उनीहरूको माग छ — शिक्षालाई नाफामुखी हैन, सार्वजनिक हितमा आधारित बनाइनुपर्छ, र त्यसका लागि स्पष्ट र जनउत्तरदायी शिक्षा ऐन तुरुन्त ल्याइनुपर्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart