२०२६-०६-११
टिकटक जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले गरे कानुनी विवाह>
Action

टिकटक जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले गरे कानुनी विवाह


काठमाडौं । टिकटकमार्फत चिनिएका चर्चित प्रेम जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले कानुनी विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरूले औपचारिक रूपमा विवाह दर्ता गराएका हुन्।

विवाहपछि एलिजेले फेसबुकमा तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘उनीहरूले हामीलाई अनलाइनमा खोजे। तर, हामी भने सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं। मिस्टर एन्ड मिसेस।’

तस्बिरमा एलिजे र आयुष परम्परागत बेहुला–बेहुलीको पहिरनमा दुबोको माला र विवाह प्रमाणपत्रसहित देखिएका छन्।

नेपालका आयुष र दुबईकी एलिजेबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको चर्चा थियो। गत वर्ष दुबईमा उनीहरूले इन्गेजमेन्ट गरेका थिए र त्यसयता एकसाथ बस्दै आएका छन्।

तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ। टिकटक र फेसबुकमा सक्रिय यो जोडीलाई फ्यानहरूले वैवाहिक जीवनको सफलताको कामना गरिरहेका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart