ताजा खबर
भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको ‘फिस टनेल एक्स्पो’ हाल दर्शकहरूको आकर्षणको केन्द्र बनेको छ। असार ६ गतेदेखि सुरु भएको उक्त एक्स्पोमा १२६ भन्दा बढी दुर्लभ र रंगीन प्रजातिका समुद्री माछा प्रदर्शनीमा राखिएको छ, जुन भारत र थाइल्यान्डबाट आयात गरिएका हुन्।
औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा भइरहेको एक्स्पोमा हालसम्म ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरिसकेको दाबी आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले गरेका छन्। साउन १० गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनी विशेषगरी बालबालिकालाई जलजीवबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको हो।
विद्यार्थीहरूका लागि शैक्षिक छुटको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा दुई सयदेखि दुई लाख रुपैयाँ मूल्यसम्मका माछाहरू अवलोकन गर्न सकिन्छ। टनेल शैलीमा सजाइएको एक्वेरियम र रंगीचंगी माछाहरूको दृश्यले साना बच्चादेखि ठूला दर्शकसम्मलाई आकर्षित गरिरहेको छ।
Popular Tags:
Super Admin
>