२०२६-०६-११
काठमाडौंमा पाँचौं ‘भेज फेस्ट’ हुँदै, ९० भन्दा बढी स्टलमा भिगन परिकार र जीवनशैली प्रदर्शन>
Action

काठमाडौंमा पाँचौं ‘भेज फेस्ट’ हुँदै, ९० भन्दा बढी स्टलमा भिगन परिकार र जीवनशैली प्रदर्शन

काठमाडौं — वनस्पतिमा आधारित जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्नेहाज केयर’ संस्थाले आउँदो साउन १० गते शनिबार 'काठमाडौं भेज फेस्ट' आयोजना गर्ने भएको छ। बौद्धस्थित उत्पला क्याफेको प्रांगणमा हुने यो महोत्सव स्नेहाज केयरद्वारा आयोजित पाँचौँ संस्करण हो।

संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठका अनुसार महोत्सवमा स्वस्थकर र स्वादिष्ट भिगन परिकारहरूको स्वाद लिन पाइनेछ। कार्यक्रममा ९० भन्दा बढी स्टल रहने छन्, जहाँ १३ भन्दा बढी भिगन रेस्टुरेन्ट, भेगन फुड प्रोड्युसर, अर्गानिक कृषि उपज, वातावरणमैत्री सामग्री, ह्यान्डिक्राफ्ट, पशु कल्याण संस्थाहरू, योग, दर्शन र विभिन्न जानकारीमूलक सामग्रीहरू प्रदर्शनी तथा विक्रीमा रहनेछन्।

‘भेज फेस्ट’ मा लबिङ हर्ट, सो भेगन, भेगन हाउस, हाम्रो भेगन, सारा बेक्स भेगन, अलोइज ह्याप्पी लगायतका रेस्टुरेन्ट सहभागी हुनेछन्। लाइभ म्युजिक, नृत्य, बालबालिकाका लागि रचनात्मक प्रतिस्पर्धा र पुरस्कार वितरणजस्ता कार्यक्रमले महोत्सवलाई झनै मनोरञ्जनात्मक बनाउने आयोजकको भनाइ छ।

यस फेस्टको उद्देश्य भिगन परिकार र वातावरणमैत्री जीवनशैलीलाई जनस्तरमा लोकप्रिय बनाउनु रहेको आयोजकले बताएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart