२०२६-०६-१३
राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता खिच्दै, मौद्रिक नीतिअनुसार पहिलो पटक निक्षेप बोलकबोल सञ्चालन>
Action

राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता खिच्दै, मौद्रिक नीतिअनुसार पहिलो पटक निक्षेप बोलकबोल सञ्चालन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । हालै सार्वजनिक भएको मौद्रिक नीति कार्यान्वयनको चरणमा प्रवेश गरिरहेका बेला केन्द्रीय बैंकले पहिलोपटक निक्षेप सङ्कलन उपकरण (Deposit Collection Instrument) बोलकबोलको प्रक्रिया आरम्भ गर्दैछ ।

राष्ट्र बैंकका अनुसार आइतबार ५० अर्ब रुपैयाँसम्मको निक्षेप सङ्कलनको बोलकबोल खुला गरिनेछ, जसअन्तर्गत बोलकबोल प्रक्रिया ४२ दिनको अवधिका लागि हुनेछ । यो निक्षेपको साँवा र ब्याज भुक्तानी आगामी भदौ १५ गते तोकिएको छ ।

बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाका लागि न्यूनतम बोल रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम कुल आह्वान रकम (५० अर्ब) लाई ५ करोड रुपैयाँले भाग गर्दा निःशेष रहने गरी निर्धारण गरिएको छ । बोलकबोलबाट ब्याजदर तय गरिने जनाइएको छ ।

नयाँ मौद्रिक नीतिपछि लगानी गर्न नसकेको करिब पौने सात खर्ब रुपैयाँ (६ खर्ब ७० अर्बजति) को तरलता राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बिस्तारै खिच्दै आएको छ । यसै सन्दर्भमा आइतबारको बोलकबोल थप तरलता व्यवस्थापन गर्ने रणनीतिक कदमको रूपमा लिइएको छ ।

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् ।

विगत केही महिनायता बैंकहरूमा लगानीको गति सुस्त रहेकाले तरलता प्रशोधनमार्फत अर्थतन्त्रमा मौद्रिक सन्तुलन कायम गर्न राष्ट्र बैंक सक्रिय देखिएको छ ।

बैंकिङ प्रणालीमा बढी तरलता रहेमा ब्याजदरमा अनावश्यक दबाब र मुद्रास्फीति चुलिन सक्ने जोखिम रहेकाले केन्द्रीय बैंकले यस्तो उपाय अवलम्बन गर्न थालेको विश्लेषण गरिन्छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart