२०२६-०८-१३
लसुनको आयात तीन गुणाले बढ्यो, विदेशियो  ६ अर्ब ७५ करोड रुपैयाँ>
Action

लसुनको आयात तीन गुणाले बढ्यो, विदेशियो ६ अर्ब ७५ करोड रुपैयाँ

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा करिब ७ अर्ब रुपैयाँ बराबरको लसुन विदेशबाट आयात गरेको छ। भन्सार विभागले मंगलबार सार्वजनिक गरेको वार्षिक विवरणअनुसार, सो अवधिमा ५१ हजार २ सय ५५ टन लसुन आयात गरिएको छ जसको मूल्य ६ अर्ब ७५ करोड ४० लाख रुपैयाँ नाघेको छ।

लसुनको यस्तो आयातबाट १ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। अघिल्लो वर्ष (२०८०/८१) मा १७ हजार टन लसुन आयात हुँदा करिब २ अर्ब २२ करोड रुपैयाँ बराबरको लसुन भित्रिएको थियो र ५७ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।

केही वर्षयता नेपालमा घरेलु उत्पादनभन्दा उपभोग उच्च भइरहेकाले लसुन, प्याज, आलु, तरकारी लगायतका कृषि वस्तुमा आयात निर्भरता बढ्दो छ। तर, तीन गुणा लसुन आयात वृद्धि हुनु भने कृषि उत्पादनमा गिरावट, बजार व्यवस्थापनमा कमजोरी र आयात नियन्त्रणमा नीतिगत अस्पष्टता का संकेतका रूपमा हेरिएको छ।

कृषि विज्ञहरूका अनुसार नेपाल खाद्य सुरक्षाको सन्दर्भमा अझै आत्मनिर्भर बन्न सकेको तथ्यांकले देखाउँछ । लसुनजस्तो बाली पनि परनिर्भर हुनु दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि खतरनाक संकेत हो।

अब सरकारबाट आयात प्रतिस्थापन, स्थानीय उत्पादन प्रवर्द्धन र भण्डारण व्यवस्थामा सुधार आवश्यक भएको सरोकारवालाहरूको टिप्पणी छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart