२०२६-०६-१३
नेपालमा एक वर्षमै सवारीसाधन र पार्टपुर्जा आयातमा १ खर्बभन्दा बढी रकम विदेशियो>
Action

नेपालमा एक वर्षमै सवारीसाधन र पार्टपुर्जा आयातमा १ खर्बभन्दा बढी रकम विदेशियो

काठमाडौं, आर्थिक वर्ष २०८१/८२ मा नेपालले सवारीसाधन तथा त्यससँग सम्बन्धित पार्टपुर्जा आयात गर्न १ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा खर्च गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा सवारीसाधन र पार्टपुर्जा आयातमा मात्र १ खर्ब ९ अर्ब १२ करोड ११ लाख रुपैयाँ विदेशिएको हो।

सरकारले यस्ता वस्तु आयातबाट ८० अर्ब ६४ करोड ४५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यसै अवधिमा नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेकोमा इन्धन, खाद्य तेल, फलाम/स्टिल, मेसिनरी, विद्युतीय उपकरण र सवारीसाधन प्रमुख आयात सामाग्री हुन्।

भन्सार विभागका तथ्यांक अनुसार, यो वर्ष मात्रै नेपालमा झण्डै १३ हजार ५ सय युनिट विद्युतीय कार, भ्यान र जिप आयात भएका छन्। यस्तै १,५०० देखि २,५०० सीसी क्षमताका डिजेल इन्जिनयुक्त ३८० युनिट सवारीसाधन भित्रिएका छन्। हाइब्रिड सवारीसाधनको आयात भने तुलनात्मक रूपमा कम रहेको छ, जसअनुसार मात्र ६७ युनिट हाइब्रिड गाडी भित्रिएको छ।

सवारीसाधन आयातमा यस्तो उच्च खर्च भइरहँदा देशको वातावरणीय नीति, ऊर्जा उपयोग, र व्यापार घाटा सम्बन्धी बहस पनि पुनः चर्किन थालेको छ। विद्युतीय सवारीको आयात बढ्नु सकारात्मक मानिए पनि स्वदेशमै यातायात सामग्री उत्पादन, आयात प्रतिस्थापन र ऊर्जा आत्मनिर्भरता जस्ता दीर्घकालीन नीति अझै कमजोर रहेको विज्ञहरू बताउँछन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart