२०२६-०६-१३
मनसुनी वर्षाले सडक सञ्जाल अस्तव्यस्त, पहिरो र बाढीले ८ प्रमुख सडक पूर्ण अवरुद्ध>
Action

मनसुनी वर्षाले सडक सञ्जाल अस्तव्यस्त, पहिरो र बाढीले ८ प्रमुख सडक पूर्ण अवरुद्ध

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै पहिरो र बाढीले यातायात व्यवस्था अस्तव्यस्त बनेको छ । आइतबार मात्रै ८ वटा सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने ८९ स्थानमा सडक एकतर्फी मात्रै सञ्चालनमा छन् । लगातारको झरी, पहिरो, र खोला उर्लिएपछि सडक विभागले सडक मर्मतमा कठिनाइ भएको जनाएको छ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जुरेमा ठूलो पहिरो खस्दा दोलालघाट–कोदारी खण्ड अवरुद्ध भएको छ । त्यसैगरी, मेची राजमार्गको ताप्लेजुङ–ओलाङचुङगोलातर्फ हेवा खोलाले बाटो कटान गर्दा सवारी आवागमन ठप्प छ । खोलाको बहाव कम भएपछि मात्रै डाइभर्सन मर्मत थालिने जनाइएको छ ।

धनकुटाको भेडेटार–राँके सडकमा, मुस्ताङको भेना गाउँ, र सङ्खुवासभाको देउरालीमा पनि पहिरोले सडक पूर्णरूपमा थुनिएको छ । यी स्थानहरूमा स्काभेटर र ब्याकहोइ प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ, तर निरन्तर वर्षाले काम प्रभावित बनाएको छ ।

शहिदमार्ग अन्तर्गत रोल्पाको अर्जुनखोला–घर्तिगाउँ खण्डमा पानीको बहावसँगै माटो र लेदो आएपछि बाटो अवरुद्ध भएको छ । पानी रोकिएपछि मात्र मर्मत सम्भव हुने विभागले जनाएको छ ।

कोशी राजमार्गको तुम्लिङ्टार–किमाथांका खण्डमा असार २९ गते वरुण नदीमा बनेको डाइभर्सन बगाएपछि अझैसम्म नयाँ डाइभर्सन बनाउने कार्य थाल्न नसकिएको जनाइएको छ । उही मार्गअन्तर्गत पुल ढलान पनि बाँकी छ, जुन पानी घटेपछि मात्र सम्भव हुने देखिन्छ ।

यस्तै, असार २४ गते आएको बाढीले स्याफ्रुवेसी–रसुवागढी सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यसलाई खुलाउने प्रयास भइरहेको भए पनि लगातार वर्षाले अवरोध पुर्‍याइरहेको छ । विभागले अत्यधिक वर्षाका बेला यात्रामा ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरिरहेको जनाएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart