२०२६-०६-११
साउन–भदौ: सेयर बजारमा रेकर्डको मौसम, नयाँ उचाइको अपेक्षा>
Action

साउन–भदौ: सेयर बजारमा रेकर्डको मौसम, नयाँ उचाइको अपेक्षा

काठमाडौं । साउन र भदौ नेपाली सेयर बजारको ‘सिजनल’ महिना मानिन्छ । इतिहासमा यी महिनामा नेप्से सूचकदेखि कारोबार, पूँजीकरण र लाभकरसम्म नयाँ रेकर्डहरू कायम हुँदै आएका छन् ।

गत वर्षको साउन ३२ गते भएको २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार हालसम्मकै उच्च हो । यही वर्ष आइतबार २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । अझै साउन–भदौका धेरै दिन बाँकी भएकाले नयाँ रेकर्ड बन्ने आशा बढेको छ ।

गत वर्ष साउनमै सरकारले पूँजीगत लाभकरमार्फत ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन हालसम्मकै उच्च हो ।

बजारको पूँजीकरणतर्फ हेर्दा १८ फागुनमा ४७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो भने आइतबार फेरि ४७ खर्ब ८७ अर्बमा नजिकिएको छ ।

लगानीकर्ताको प्रमुख चासो नेप्से सूचकसँग रहन्छ । आइतबार नेप्से २८७० अंकमा पुग्दा यो १८ फागुनयताकै उच्च हो । २०७८ भदौ २ मा कायम भएको ३१९८ अंकको कीर्तिमान तोडिने अपेक्षाले बजारमा उत्साह थपिएको छ ।

विशेषगरी साउन–भदौमा कम्पनीहरू वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने समय भएकाले लगानीकर्ता लाभांशको अनुमान गर्न थाल्छन् । यस्तै, मौद्रिक नीति पनि यही बेला आउने हुँदा त्यसको प्रभाव प्रत्यक्ष बजारमा देखिन्छ ।

स्टक ब्रोकर संघका पूर्वअध्यक्ष भरत रानाभाटका अनुसार साउनमा बैंकहरूमा तरलता बढ्ने, ब्याजदर घट्ने र लगानीयोग्य पूँजी बजारमा आउने भएकाले सेयर मूल्य बढ्ने प्रवृत्ति देखिन्छ ।

सेयर विश्लेषक सुवासचन्द्र ढुंगाना भन्छन्, "साउन–भदौमा बजारले नयाँ उचाइ लिने ऐतिहासिक प्रवृत्ति भएकाले लगानीकर्तामा सकारात्मक मनोविज्ञान बनेको छ ।"

सेयर लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार राष्ट्र बैंकको नीतिहरू बजार–अनुकूल भइरहेका छन् । त्यसैले पहिलेका सबै रेकर्डहरू तोडिने विश्वास उनी राख्छन् ।

हाल ब्याजदर न्यूनस्तरमा झरेको छ, मुद्दती खातामा ६ प्रतिशत हाराहारी ब्याज पाइन्छ भने सेयर कम्पनीहरूले त्यति नै लाभांश दिने क्षमता देखाइरहेका छन् । यही कारण व्यक्तिगत र संस्थागत लगानीकर्ता दुवै सेयर बजारतर्फ आकर्षित छन् ।

इतिहासले के भन्छ?

२०६५ भदौ १५ मा नेप्सेले ११७५ अंकको रेकर्ड बनायो । त्यसपछि बजार ओरालो लाग्दै २०६८ चैत १६ मा २९८ अंकमा झर्‍यो । त्यसपछि फेरि २०७३ साउन १२ मा १८८१ अंक र २०७८ भदौ २ मा ३१९८ अंकको अहिलेसम्मकै उच्च रेकर्ड कायम भयो ।

यो ऐतिहासिक प्रवृत्तिका आधारमा साउन–भदौलाई ‘रेकर्डको मौसम’ मानिँदै आएको छ, र यसपटक पनि त्यस्तै संकेत देखिएका छन् ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart