२०२६-०६-१३
‘मोहर’ ट्रेलरले युट्युबमा साढे ४ लाख भ्यूज पार, ५ देशमा ट्रेन्डिङ>
Action

‘मोहर’ ट्रेलरले युट्युबमा साढे ४ लाख भ्यूज पार, ५ देशमा ट्रेन्डिङ

काठमाडौं — फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको २४ घण्टामै युट्युबमा साढे ४ लाखभन्दा बढी पटक हेरिएको छ।

‘युट्युब चार्ट’का अनुसार ट्रेलर नेपालसहित मलेसिया, जापान, यूएई र कतारको ट्रेन्डिङमा पर्न सफल भएको छ। नेपालमा यो ट्रेलर मूभी ट्रेलर सेग्मेन्टको दोस्रो स्थानमा छ भने कतारमा पाँचौं, मलेसियामा १७औं, यूएईमा १८औं र जापानमा २७औं स्थानमा पुगेको छ।

यसले युट्युबमा २० हजारभन्दा बढी लाइक र ३,४०० भन्दा धेरै प्रतिक्रिया बटुलेको छ, जसमा अधिकांश सकारात्मक छन्।

चुम्बनजंग शाही निर्मित र ओम प्रतिक निर्देशित फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायत कलाकारको अभिनय छ। साउन २३ गते रिलिज हुने फिल्मले देउकी प्रथा जस्तो सामाजिक मुद्दालाई प्रेम, वियोग, थ्रिल र सस्पेन्समार्फत प्रस्तुत गरेको देखिन्छ।

सामाजिक सञ्जाल टिकटकमा पनि ट्रेलरले चर्चा पाएको छ। दर्शकको प्रतिक्रिया र उत्साह हेर्दा फिल्मले बक्स अफिसमा सुखद परिणाम दिने अपेक्षा गर्न सकिन्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart