२०२६-०६-११
सावित्रा भण्डारीले अस्ट्रेलियाको ए–लिग खेल्ने, वेलिङटन फोनिक्ससँग दुई सिजनको सम्झौता>
Action

सावित्रा भण्डारीले अस्ट्रेलियाको ए–लिग खेल्ने, वेलिङटन फोनिक्ससँग दुई सिजनको सम्झौता

काठमाडौं । नेपाली महिला फुटबलकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको महिला ए–लिगमा खेल्ने भएकी छन्। उनले न्युजिल्यान्डको क्लब वेलिङटन फोनिक्ससँग दुई सिजनका लागि सम्झौता गरेकी हुन्। यद्यपि क्लब न्युजिल्यान्डमा भए पनि यो अस्ट्रेलियाको प्रमुख महिला फुटबल प्रतियोगिता ‘लिबर्टी ए–लिग’ मा सहभागी हुँदै आएको छ।

फोनिक्सले शुक्रबार सावित्राको अनुबन्ध औपचारिक रूपमा घोषणा गर्दै उनलाई क्लब र देशका लागि उत्कृष्ट गोलकर्ता भएको भन्दै स्वागत गरेको छ। क्लबका कार्यवाहक मुख्य प्रशिक्षक एमी शेफर्डले सावित्राको आगमनलाई टोलीको लागि महत्वपूर्ण कदम बताइन्। "उनी फ्रान्समा शानदार प्रदर्शन गर्दै आएकी छन्। उनको अनुभव, नेतृत्व र गोल गर्ने क्षमताले हाम्रो टोलीलाई नयाँ उचाइमा पुर्‍याउनेछ," शेफर्डले भनिन्।

सावित्राले पनि क्लबसँग आबद्ध हुन पाउँदा आफू उत्साहित भएको बताएकी छन्। "म धेरै गोल गर्दै समर्थकलाई खुसी बनाउन चाहन्छु। जब मैले क्लबको लक्ष्यबारे थाहा पाएँ, निर्णय गर्न ढिलो लागेन," उनले भनिन्।

हालैको एएफसी महिला एसियन कप छनोटमा सावित्राले लगातार दुई खेलमा ह्याट्रिकसहित ९ गोल गरेकी थिइन्। त्यसअघि भारतको महिला सुपर लिगमा २४ खेलमा ६० भन्दा बढी गोल गरेपछि उनी युरोपेली क्लब एन अभेन्ट गुइनगाम्पमा अनुबन्ध भएकी थिइन्। गुइनगाम्पबाट खेल्दै सावित्रा युरोपको शीर्ष लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्।

उनले आजै गुइनगाम्पसँग छुट्टिएको घोषणा गर्दै क्लबलाई दुई वर्षको सहयात्राका लागि धन्यवाद दिएकी छन्। अब उनी वेलिङटन फोनिक्सको २०२५/२६ सिजनका लागि अनुबन्ध हुने १७औं खेलाडी बनेकी छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart