ताजा खबर
काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट ३० करोड डलर बराबरको हतियार सहायता सम्झौता भएको छ। यस अन्तर्गत अमेरिकाले युक्रेनलाई प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेटहरू सहित अत्याधुनिक हतियार पठाउने तयारी गरेको छ। तर यी हतियारहरूको अन्तिम निर्णय अझै बाँकी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोमार्फत युक्रेनलाई हतियार पठाउने र खर्च नाटोले बेहोर्ने बताए। नाटोमा अमेरिका ३२ सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा ठूलो योगदानकर्ता हो र यसको खर्चको ६६ प्रतिशत वहन गर्छ। ट्रम्पले प्रेसिडेन्सियल ड्रडाउन अधिकार अन्तर्गत आपतकालीन अवस्थामा युक्रेनलाई अमेरिकी भण्डारबाट हतियार पठाउन अनुमति दिएका छन्।
युक्रेनको पुनर्निर्माणका लागि इटालीको रोममा जुलाईमा आयोजित सम्मेलनले युक्रेनलाई १० अर्ब युरो (९० हजार करोड रुपैयाँ) सहायता दिने निर्णय गर्यो। युरोपियन आयोगले पनि २.३ अर्ब युरोको सहायता घोषणा गरिसकेको छ। सम्मेलनमा ३८ देश र अन्तर्राष्ट्रिय संस्था सहभागी थिए। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसका सम्पत्तिहरू पुनर्निर्माणका लागि प्रयोग गर्न र हतियार आपूर्ति बढाउन आग्रह गरे।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रूससँग वार्ता गरी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् , नत्र नयाँ प्रतिबन्ध लगाउने चेतावनी समेत दिएका छन्। अमेरिकाको नाटोमार्फत हतियार आपूर्तिपछि रूसले कीभमा ४ सयभन्दा बढी ड्रोन र १८ मिसाइल आक्रमण गर्यो। यस हमलामा दुई जनाको मृत्यु र १६ जना घाइते भएका छन्। यो घटनाले युक्रेन संकट अझ गम्भीर बनेको छ।
Super Admin
>