२०२६-०८-१२
अर्घाखाँचीमा बाँदर र बँदेल हेरालुका लागि २० जनालाई रोजगारी>
Action

अर्घाखाँचीमा बाँदर र बँदेल हेरालुका लागि २० जनालाई रोजगारी

काठमाडौं । अर्घाखाँचीमा किसानको बाली जोगाउन र वन्यजन्तुजन्य क्षति न्यूनीकरण गर्न बाँदर तथा बँदेल हेरालुका रूपमा २० जनाले रोजगारी पाएका छन्। डिभिजन वन कार्यालय अर्घाखाँचीले आइतबार हेरालुका रूपमा चयन गरिएको व्यक्तिहरूको नामावली सार्वजनिक गरेको हो।

वन कार्यालयका अनुसार, यी हेरालुहरूलाई सोमबार अभिमुखीकरणका लागि बोलाइएको छ र त्यसपछि मात्रै सम्झौता प्रक्रिया अघि बढाइनेछ। निर्धारित समयमा अभिमुखीकरण कार्यक्रममा नआए सम्झौता स्वतः रद्द हुने चेतावनी पनि दिइएको छ।

बाली नोक्सानी गर्ने बाँदर र बँदेलजस्ता वन्यजन्तुको गतिविधि नियाल्ने र नियन्त्रण गर्न खटाइने यस्ता हेरालुहरूको परिचालन वन्यजन्तुसँगको सहअस्तित्व र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणतर्फको प्रयासको रूपमा हेरिएको छ।

डिभिजन वन कार्यालय तथा त्यसअन्तर्गत रहेका वन समूहहरूमा बचत कोष राम्रो भएका, वन व्यवस्थापनमा सक्रिय रहेका सामुदायिक वनहरूको सहकार्यमा यो कार्य अघि बढाइएको हो।

वन कार्यालयले यो कदमले खेतीमा आश्रित किसानको आय–आर्जन सुरक्षित हुने विश्वास व्यक्त गरेको छ। बाँदर र बँदेलको अनियन्त्रित उपद्रवले किसानमा देखिएको निराशा अन्त्य गर्न र दीर्घकालीन रूपमा वन्यजन्तु र मानिसबीचको सहअस्तित्व स्थापित गर्न यस्तो प्रयोगात्मक उपाय अपनाइएको जनाइएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart