ताजा खबर
कर्णाली । आज कर्णाली प्रदेशमा साउने सङ्क्रान्ति र देउडा पर्व विशेष उल्लासका साथ मनाइँदै छ। प्रत्येक वर्ष साउन १ गते मनाइने यो सांस्कृतिक पर्व कर्णालीको पहिचानसँग जोडिएको महत्वपूर्ण दिन हो।
पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। २०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गर्दै बिदा घोषणा गरेको हो।
यसअघि पनि कर्णालीमा साउने सङ्क्रान्तिको दिन सार्वजनिक बिदा दिइँदै आएको छ। विशेषगरी माथिल्लो कर्णाली क्षेत्रका गाउँघरमा देउडा नाच, भाकामा रमाउँदै समुदायहरूले पारम्परिक ढंगमा पर्व मनाउने गर्दछन्।
देउडाको सांस्कृतिक र सामाजिक महत्व अझै गहिरो रहेको कर्णालीमा यो पर्व केवल रमाइलोको माध्यम मात्र नभई सांस्कृतिक पहिचानको प्रतीक पनि बनिरहेको छ।
Popular Tags:
Super Admin
>