२०२६-०८-१३
गैरकानुनी बसोबासमा रहेका थप दुई नेपालीलाई अमेरिकाबाट निष्कासन>
Action

गैरकानुनी बसोबासमा रहेका थप दुई नेपालीलाई अमेरिकाबाट निष्कासन

काठमाडौं। अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका थप दुई नेपाली नागरिकलाई निष्कासन गरेको छ। अमेरिकी अध्यागमन अधिकारीहरूले रेशमबहादुर केसी र गविन्दराज वलीलाई नेपाल फर्काएका हुन्।

वलीलाई बुधबार र केसीलाई गत असार २१ गते कतार एयरवेजमार्फत काठमाडौं ल्याइएको स्रोतहरूले जनाएका छन्। यसअघि पनि अमेरिका गैरकानुनी रूपमा बसिरहेका नेपालीहरूलाई निरन्तर निष्कासन गरिरहेको छ। अघिल्लो हप्तामात्रै तीन जना नेपालीलाई त्यही कारणले फर्काइएको थियो।

अमेरिकाले आप्रवासन नीतिमा कठोरता ल्याएसँगै त्यहाँ अवैधानिक रूपमा बस्ने नेपालीहरूको चिन्ता बढ्दै गएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालादेखि नै अमेरिकी अध्यागमन नीतिमा कडाइ गरिएको हो, जसको प्रभाव अझै कायम रहेको देखिन्छ।

केही नेपालीलाई त चार्टर्ड फ्लाइटमार्फतसमेत निष्कासन गरिएको थियो। यस्तो क्रम जारी रहेमा अझ धेरै नेपालीले स्वदेश फर्किनुपर्ने अवस्था आउन सक्ने अनुमान गरिन्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart