२०२६-०६-११
एमालेमा संरचनागत फेरबदल : पदाधिकारी १५, उमेरहद र कार्यकाल सीमा हटाइयो>
Action

एमालेमा संरचनागत फेरबदल : पदाधिकारी १५, उमेरहद र कार्यकाल सीमा हटाइयो

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकले पार्टीको संरचना र पदाधिकारी संख्यामा ठूला परिवर्तन गर्ने निर्णय गरेको छ। अब पार्टीमा १५ जना पदाधिकारी रहनेछन् भने ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा हटाइएको छ।

करिब १० घन्टा लामो बैठकपछि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहने संरचना अनुमोदन गरिएको उपाध्यक्ष गुरू बरालले जानकारी दिए। अब सचिवालय खारेज हुनेछ। अध्यक्ष, महासचिव, एक उपमहासचिव, पाँच उपाध्यक्ष र सात सचिवसहित १५ पदाधिकारी रहने सहमति बनेको छ।

विधान संशोधन समितिका संयोजक विष्णु पौडेलले ११ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव राखेका थिए। तर नेताहरूको छलफलपछि १५ पदाधिकारी र २५१ सदस्यीय कमिटीमा सहमति जुट्यो। अब पोलिटब्युरो ८३ सदस्यीय हुनेछ।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पदाधिकारी नै स्थायी कमिटी मानिनेछ। केन्द्रीय सदस्यहरू राष्ट्रिय महाधिवेशनमा स्वतः प्रतिनिधि हुने निर्णय पनि गरिएको छ। यो निर्णय आज पोलिटब्युरो र ५ गते केन्द्रीय कमिटी बैठकमा अनुमोदन गरिनेछ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart