२०२६-०६-१३
१५ करोड अपचलनको आरोपमा तिलोत्तमा सहकारीका अध्यक्ष–सचिव फरार, बचतकर्ताले गरे घर घेराउ>
Action

१५ करोड अपचलनको आरोपमा तिलोत्तमा सहकारीका अध्यक्ष–सचिव फरार, बचतकर्ताले गरे घर घेराउ

२७ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था करिब १५ करोड रुपैयाँ अपचलनको आरोपमा विवादमा तानिएको छ। अपचलनको आशंका गहिरिँदै जाँदा पीडित बचतकर्ताहरूले संस्थाका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक बसन्त पराजुलीको घर घेराउ गरेका छन्।

बचतकर्ताहरूको भनाइमा व्यवस्थापक पराजुलीले श्रीमतीसँग किर्ते डिभोर्स गरी व्यक्तिगत सम्पत्ति जोगाउने प्रयास गरेपछि उनीहरू सडकमा उत्रिएका हुन्। आशंका छ, अध्यक्ष र सचिवले पनि यस्तै विधि अपनाएर उम्किने योजना बनाइरहेका छन्। बचतकर्ता चेतबहादुर बस्नेतका अनुसार, संस्थाको रकम ठगी गरी ती व्यक्तिहरू फरार छन्।

सहकारीको प्रारम्भिक छानबिन अनुसार, अध्यक्ष तिवारीले करिब ६–८ करोड, सचिव थापाले ३ करोड, र सदस्य सनत गौतमले १.२५ करोड रुपैयाँ अपचलन गरेका छन्। अपचलनको प्रमाण दबाउन उनीहरूले बचत फिर्ता सम्बन्धी सहमतिको माइन्युट समेत च्यातेका थिए। त्यसपछि वडा कार्यालयले सहकारीमा तालाबन्दी गर्नुपरेको थियो।

अध्यक्ष तिवारीले होटल, घडेरी र चुनढुंगा खानीमा लगानी गरेको पाइएको छ। उनले जानकीनगरमा होटल र जोगिकुटीमा घर खरिद गरेका छन्।

१७ वर्षदेखि नेतृत्वमा रहेका तिवारीले सहकारीलाई राजनीतिक प्रभावमा राखेर नियम मिच्दै आएका थिए। ऐनअनुसार दुई कार्यकाल भन्दा बढी एकै पदमा रहन नपाइने भए पनि उनी निरन्तर अध्यक्ष बनेका थिए।

हाल सहकारीमा तालाबन्दी जारी छ भने लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालयले अनुसन्धान थालेको छ। एकैजसो शैलीमा अपचलन भएको भन्दै प्रदेशका २५ भन्दा बढी सहकारीका करिब १० हजार बचतकर्ताले पनि उजुरी दिएका छन्।

चार जना कर्मचारीको भरमा ८४८ सहकारीको नियमन गर्ने अवस्था र कानुनी कमजोरीका कारण लुम्बिनी प्रदेशमा सहकारी अपचलनको संख्या बढ्दो छ। सहकारीको प्रभावकारी अनुगमन र पीडितको रकम सुरक्षाका लागि तत्काल ठोस कदम चालिनुपर्ने आवश्यकता देखिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart