२०२६-०८-१२
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा १६ करोडको भ्रष्टाचार अभियोग, पूर्व निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा>
Action

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा १६ करोडको भ्रष्टाचार अभियोग, पूर्व निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा

२७ असार, काठमाडौं । उच्च गतिको कम्प्युटिङ उपकरण खरिदका नाममा झुटा विवरण तयार गरी झन्डै १६ करोड भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (NTC) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२०७६ माघ १५ गते उच्च गतिको कम्प्युटिङ उपकरण आपूर्ति, ढुवानी, जडान तथा परीक्षण गर्न भन्दै भएको ठेक्का सम्झौतामा ठगी र अनियमितता भेटिएको अख्तियारको ठहर छ। उक्त सम्झौताअनुसार गुणस्तरीय सामग्री राख्ने भनिए पनि कमसल र भिन्न प्रोसेसर जडान गरिएको अनुसन्धानबाट खुलेको हो।

अख्तियारका अनुसार २४ कोर र २.४ गिगाहर्ज कार्यक्षमताको प्रोसेसर राख्नुपर्नेमा मात्र २.१ गिगाहर्जको प्रोसेसर राखिएको थियो। यो १४.२८ प्रतिशत कम कार्यक्षमता भएको प्राविधिक मूल्याङ्कनमा देखिएको छ।

भ्रष्टाचारमा संलग्न ठहर गर्दै तत्कालीन कार्यकारी निर्देशक पौडेलसँगै निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र ठेक्का लिएको वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष अरुण श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गर्दै १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो कायम गरेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart