२०२६-०८-१३
वाल स्ट्रिट जर्नललाई ट्रम्पको  कानुनी चेतावनी>
Action

वाल स्ट्रिट जर्नललाई ट्रम्पको कानुनी चेतावनी

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रसिद्ध मिडिया हाउस वाल स्ट्रिट जर्नल र यसको मूल कम्पनी न्यूज कर्प तथा सञ्चालक रूपर्ट मर्डोकविरुद्ध कानुनी कारवाहीको चेतावनी दिएका छन्। विवादास्पद अर्बपति जेफ्री एपस्टाइनलाई ट्रम्पले पठाएको भनिएको पत्र सार्वजनिक गरेपछि उनी रुष्ट बनेका हुन्।

वाल स्ट्रिट जर्नलले ट्रम्पले एपस्टाइनको ५०औँ जन्मदिनमा लेखेको भनिएको पत्रका आधारमा समाचार छापेको थियो। ट्रम्पको आधिकारिक ट्रुथ अकाउन्टमार्फत सार्वजनिक गरिएको पोस्टमा उक्त पत्र ‘नक्कली’ भएको दाबी गरिएको छ। साथै, यदि उक्त कथित पत्रका आधारमा थप समाचार प्रकाशन भएमा कानुनी मुद्दा दायर गरिने चेतावनी दिइएको छ।

सम्पादक एम्मा टकरलाई समेत ट्रम्प र उनका प्रवक्ताले सीधै सम्पर्क गरी उक्त पत्र झुटो भएको बताइसकेका छन्। तर, टकरले यसबारे चासो नदेखाएको र समाचार अघि बढाइरहेको ट्रम्प पक्षको आरोप छ।

ट्रम्पले आफूले एपस्टाइनलाई कुनै पत्र लेखेको छैन भनेका छन्। उनले समाचारलाई मानहानिपूर्ण र दुर्भावनापूर्ण भन्दै चाँडै नै वाल स्ट्रिट जर्नल, न्यूज कर्प र रूपर्ट मर्डोक विरुद्ध कानुनी प्रक्रिया सुरु हुने बताएका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart