ताजा खबर
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले वातावरणमैत्री र समावेशी सडक पूर्वाधार निर्माणमा प्राथमिकता दिइरहेको बताएका छन्।
शुक्रबार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले संविधान र मन्त्रालयको नीतिअनुसार अपाङ्गमैत्री र वातावरणमैत्री संरचना आवश्यक रहेको उल्लेख गरे। उनले लिफ्टको व्यवस्था, आकाशे पुल निर्माणजस्ता उपायमार्फत ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्ने योजना रहेको जानकारी दिए।
"ठाउँ-ठाउँमा लिफ्ट राखेर आकाशे पुलबाट सडक पार गर्न सक्ने बनाउने सोच छ। एडभान्स लिफ्ट राख्ने प्रस्ताव गरेका छौं, दातासँग अनुरोध पनि गरिरहेका छौं," मन्त्री दाहालले बैठकमा भने।
उनका अनुसार बसुन्धरा क्षेत्रको विकासमा मुआब्जा दिन नसक्दा ढिलाइ भएको छ भने अन्य क्षेत्रमा सरकार आफैंले काम अघि बढाइरहेको छ। तर, बजेट अभावका कारण निर्माण गति अपेक्षितभन्दा ढिलो भएको उनले स्पष्ट पारे। "कोटेश्वरसम्म जोड्ने योजना छ, तर रकम थोरै भएकाले काम सुस्त भइरहेको छ," उनले बताए।
सरकारको योजनामा वातावरणीय दिगोपन, पहुँच, र समावेशितालाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिएको छ।
Super Admin
>