ताजा खबर
काठमाडौं — सिंगटी हाइड्रो इनर्जीले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको वित्तीय सुधारको उत्साहजनक संकेत देखाएको छ। अघिल्लो वर्ष ६ करोड ९२ लाख रुपैयाँको घाटा व्यहोरेको कम्पनीले पछिल्लो आवमा १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।
यो उछालको मुख्य कारण आयोजनाको प्रभावकारी सञ्चालनसँगै विद्युत् बिक्री आम्दानीमा देखिएको उल्लेख्य वृद्धि हो। गत आवमा कम्पनीले विद्युत् बिक्रीबाट ६८ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ८ करोड ३० लाखको तुलनामा आठ गुणा बढी हो।
ब्याजतर्फ कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ। हाल सिंगटीको प्रतिसेयर आम्दानी (EPS) ५ रुपैयाँ १७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा रहेको छ।
कम्पनीको यो प्रगति ऊर्जा क्षेत्रमा लगानीकर्ताका लागि आशा जगाउने संकेतका रूपमा हेरिएको छ। घाटाबाट नाफामा फर्किएको यस कदमले सिंगटीको वित्तीय स्थायित्व र सञ्चालन क्षमता दुवैलाई नयाँ दिशा दिएको छ।
Super Admin
>