२०२६-०६-१३
लम्पी स्किनको आतंक : दुई महिनामै २२ हजार गाईभैंसी संक्रमित, १ अर्बभन्दा बढीको क्षति>
Action

लम्पी स्किनको आतंक : दुई महिनामै २२ हजार गाईभैंसी संक्रमित, १ अर्बभन्दा बढीको क्षति

काठमाडौं — देशभर लम्पी स्किन रोगको महामारी फैलिँदा कृषिमा निर्भर लाखौं किसानको जीवनशैली संकटमा परेको छ । पछिल्लो साढे दुई महिनामा मात्र २२,२५६ गाईभैंसी यो रोगबाट संक्रमित भएका छन् भने ६३६ मरेका छन्। पशुसेवा विभागका अनुसार यो संख्या अझै बढ्न सक्ने देखिएको छ।

कोशी प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ झापा, मोरङ, सुनसरी, इलाम लगायतका ११ जिल्लामा मात्र २२,१२२ पशु संक्रमित भएका छन्। तीमध्ये गाईगोरु नै ९९ प्रतिशतभन्दा बढी छन्।

संक्रमणबाट बचाउन हालसम्म ३ लाखभन्दा बढी खोप लगाइएको कोशीमा मात्र १ अर्ब ८ करोड रुपैयाँ बराबरको क्षति भइसकेको छ। साना पशुमा संक्रमण दर अझै उच्च रहँदा किसानहरू अझै त्रस्त छन्।

रोग नियन्त्रणका लागि सरकारले १४ लाख ६० हजार डोज खोप खरिद गरेकोमा हालसम्म १४ लाख ३९ हजार वितरण गरिसकिएको छ। बाँकी २१ हजार डोज अब केवल अति प्रभावित क्षेत्रमा मात्र प्रयोग हुनेछ।

पशु चिकित्सकहरूले लम्पी स्किनको लक्षणमा ज्वरो, छालामा गिर्खा, दूध उत्पादनमा गिरावट, नाक–आँखाबाट तरल पदार्थ झर्नु, तथा मृत्यु हुनेसम्मका अवस्था देखिएको बताएका छन्।

यो रोग पहिलोपटक सन् २०२० (२०७७) मा नेपालमा मोरङको सुन्दर हरैँचामा देखिएको थियो। त्यसयता यो रोगले हरेक वर्ष भयावह रूप लिँदै गएको छ। दुई वर्षअघि देशभर १५ लाखभन्दा बढी पशु संक्रमित भएका थिए, जसबाट किसानले ७४ अर्बभन्दा बढीको क्षति बेहोर्नुपरेको थियो।

विभागका अनुसार संक्रमित पशुलाई तुरुन्त अलग राख्न, खोप लगाउन र समयमै उपचार गर्न अत्यावश्यक छ। पशु पालकलाई स्थानीय तह वा नजिकको पशु सेवा केन्द्रमा सम्पर्क गरी निःशुल्क खोप लगाउन आग्रह गरिएको छ।

लम्पी स्किनको नियन्त्रण र रोकथाममा ढिलाइ भयो भने यसले कृषिमा गम्भीर संकट निम्त्याउने पशु चिकित्सकको चेतावनी छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart