२०२६-०६-१३
पहिलो पटक दुई लाख नाघ्यो तोलाको सुन, अझ बढ्ने संकेत>
Action

पहिलो पटक दुई लाख नाघ्यो तोलाको सुन, अझ बढ्ने संकेत

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य इतिहासमै पहिलो पटक तोलाको दुई लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला सुनको मूल्य दुई लाख ६ सय रुपैयाँ तोकेको हो। तर, विभिन्न शुल्क जोड्दा अहिले उपभोक्ताले प्रतितोला दुई लाख चार हजार ६ सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ।

नेपालमा २०७८ साल फागुन २२ गते पहिलो पटक सुनको मूल्य तोलाको एक लाख नाघेको थियो। करिब साढे तीन वर्षमै मूल्य दोब्बर भई दुई लाख पुगेको हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै हुने उतार–चढावले नेपाली बजारमा प्रत्यक्ष असर पार्छ। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०८.९३ डलरमा कारोबार भइरहेको छ। अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदर कटौती गर्ने सम्भावना रहेकोले विश्वभर सुनमा लगानी बढेको विश्लेषण गरिएको छ।

विशेषज्ञहरूका अनुसार डलरको मूल्य घट्ने आशंकाले लगानीकर्ताहरू सुनलाई सुरक्षित विकल्पका रूपमा रोजिरहेका छन्। साथै, व्यापार युद्ध, सशस्त्र द्वन्द्व र विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले सुन थुपार्ने प्रवृत्तिले पनि मूल्य बढाउने काम गरेको हो। सन् २०२४ सम्ममा मात्रै विश्वका केन्द्रीय बैंकहरूले जम्मा गरेको सुन ३६ हजार टन पुगेको तथ्यांक सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले पनि सुन अझै महँगिने अनुमान गरेका छन्। जेपी मोर्गन, बैंक अफ अमेरिका र गोल्डम्यान स्याक्सले प्रतिऔंस मूल्य चार हजार डलर पुग्ने प्रक्षेपण गरेका छन्। यस्तो भए नेपालमा प्रतितोला सुनको मूल्य दुई लाख ४० हजार हाराहारी पुग्ने अनुमान गरिएको छ।

हाल प्रतितोला ११.६६४ ग्राम हुने सुनको मूल्य नेपालमा कर र शुल्कसहित उपभोक्ताले बढीमा दुई लाख ३९ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आउने देखिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart