२०२६-०६-१३
प्रधानमन्त्री ओली भोलि चीन भ्रमणमा, शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुने>
Action

प्रधानमन्त्री ओली भोलि चीन भ्रमणमा, शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि पाँच दिने चीन भ्रमणमा प्रस्थान गर्दैछन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा उनले आफ्नो भ्रमणबारे जानकारी दिँदै यसलाई नेपाल–चीन सम्बन्ध सुदृढ गर्ने अवसरको रूपमा व्याख्या गरे।

उनका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा हुने यो भ्रमणको मुख्य उद्देश्य थियानजिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागिता जनाउनु हो। एससिओ हाल विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एक मानिन्छ, जसमा चीन, रूस, भारत, पाकिस्तानसहित ९ देश सदस्य छन्। नेपाल सन् २०१६ देखि संवाद साझेदारको रूपमा आबद्ध छ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङ्गसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएका छन्। साथै, चीन सरकारद्वारा आयोजना हुने औपचारिक भोजमा समेत सहभागी हुनेछन्।

शिखर सम्मेलनमा उनले नेपालका तर्फबाट सम्बोधन गर्नेछन् भने रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका तय भएको छ।

भ्रमणको अन्तिम दिन ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बेइजिङमा आयोजना हुने विश्व फासिवादविरुद्धको युद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ। सो कार्यक्रममा ५० भन्दा बढी मुलुकका प्रतिनिधि सहभागी हुने बताइएको छ।

प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन् कि यस भ्रमणले नेपाल–चीन मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ बनाउनेछ, साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा बढाउनेछ।

भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा मन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा लगायत उच्च अधिकारीहरू सहभागी हुनेछन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart