ताजा खबर
प्रतिनिधि सभा निर्वाचनको वातावरण बनाउन सरकारले पहिलोपटक राजनीतिक दल र जेनजी पुस्तासँग संयुक्त वार्ता गर्ने भएको छ। यसका लागि आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय बैठक बोलाइएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार आगामी निर्वाचन सफल बनाउन सरकार, राजनीतिक दल र सम्बद्ध पक्षहरूबीच चरणबद्ध वार्ता र छलफल भइरहेको छ।
यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलबीच भएको छलफलमा निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने सहमति बनेको थियो। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा हुने आजको बैठकले निर्वाचन अनुकूल वातावरण तयार गर्न मद्दत गर्ने सरकारको अपेक्षा छ।
Super Admin
>