ताजा खबर
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले ट्रामाडोलसहित दुई युवालाई पक्राउ गरेको छ। बुधबार राति करिब १ बजे चेकिङको क्रममा उनीहरू समातिएका हुन्।
पक्राउ पर्नेमा पर्साको विन्दवासिनी–५ का २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बुका १८ वर्षीय नर्बु शेर्पा रहेका छन्। उनीहरूबाट १४ हजार ७६० क्याप्सुल ट्रामाडोलसहित ६० हजार नगद पनि बरामद गरिएको छ।
बागमती प्रदेश ०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरमार्फत काठमाडौं छिर्दै गर्दा नागढुङ्गाको पिप्लामोडमा जाँचको क्रममा लागुऔषध फेला परेको हो।
हाल उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ। प्रहरीले लागुऔषध तस्करीमा संलग्न अन्य व्यक्तिको खोजी पनि तीव्र बनाएको जनाएको छ।
Super Admin
>