ताजा खबर
काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो।
बुधबार तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा झरेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा २ हजार ३१० रुपैयाँ रहेको चाँदी बिहीबार ४० रुपैयाँले घट्दै २ हजार २७० रुपैयाँमा कारोबार भएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा समेत मूल्य घटबढ हुने गरेको हो।
Super Admin
>