२०२६-०६-१३
चीनतर्फ अलपत्र परेका २०० भन्दा बढी नेपाली तातोपानी नाका हुँदै उद्धार>
Action

चीनतर्फ अलपत्र परेका २०० भन्दा बढी नेपाली तातोपानी नाका हुँदै उद्धार

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकास्थित मितेरी पुल बगाएपछि चीनतर्फ अलपत्र परेका २०३ जना नेपालीलाई बुधबार सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै सुरक्षित रूपमा नेपाल ल्याइएको छ।

नेपाल सरकारको अनुरोधपछि चीनको विदेश विभागले ती नेपाली नागरिकलाई तिब्बतको केरुङ हुँदै तातोपानी मितेरी पुलमा पुर्‍याई नेपाल प्रशासनलाई जिम्मा लगाएको हो।

रोजगारीका सिलसिलामा चीन पुगेका, कन्टेनर चालकलगायत नेपालीहरू बाढीपछि केरुङमा रोकिएका थिए। उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले २० वटा गाडीमा राखेर केरुङबाट तातोपानीसम्म ल्याएका थिए। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, नेपाल फर्काइएका नेपालीहरूको काठमाडौंसम्मको यात्रा तथा खानपानको जिम्मा बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र अरनिको यातायात व्यवसायीले लिएका छन्।

२४ असारमा आएको बाढीपछि चीनले ७२ जना कन्टेनर चालकसमेतलाई तत्काल उद्धार गरेर केरुङमा सुरक्षित राखेको थियो। चिनियाँ पक्षले उनीहरूलाई बसोबास र खानपानको व्यवस्था पनि मिलाएको थियो। बाढीको समयमा केही चालकले कन्टेनरको छतमा चढेर ज्यान बचाएको विवरण छ।

गृहमन्त्री रमेश लेखकले ल्हासास्थित नेपाली वाणिज्य दूतावासमार्फत समन्वय गर्न निर्देशन दिएका थिए। दूतावासकी वाणिज्यदूत लक्ष्मी निरौलाको पहलमा चीनसँग सहमति जुटाई उद्धार प्रक्रिया अघि बढाइएको हो। सोही सहमतिअनुसार, तिब्बतको न्यालामस्थित विदेश विभागका प्रतिनिधिमार्फत नेपालीहरूलाई तातोपानीसम्म ल्याइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।

हाल रसुवाको मितेरी पुल पूर्ण रूपमा बगाएका कारण सो मार्गबाट आवागमन बन्द छ। रसुवा नाका अवरुद्ध भएपछि उद्धार कार्य तातोपानी नाका हुँदै सञ्चालन गरिएको हो। केरुङमा अलपत्र परेका मजदुर र चालकहरूको उद्धारका लागि नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि, नेपाल हिमाल सीमापार वाणिज्य संघ, तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले संयुक्तरूपमा सरकारसँग पहल गरेका थिए।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart