ताजा खबर
बाँके — बाँकेको कोहलपुरमा प्रहरीले नक्कली नोट र लागुऔषध अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रा.लि.का अध्यक्ष तथा सञ्चालक मनबहादुर सहकारी देउवा रहेका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, मंगलबार विशेष सूचनाको आधारमा प्रहरी टोलीले कोहलपुरमै सञ्चालनमा रहेको जनगर्जन अनलाइनको कार्यालयमा छापा मारेर देउवालाई नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक तथा डीएसपी लक्ष्मी खनालले दिएको जानकारीअनुसार, देउवाको साथबाट एक हजार रुपैयाँ दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम लागुऔषध अफिम बरामद गरिएको छ। साथै, कार्यालयबाट रंगिन प्रिन्टर, कम्प्युटर मोनिटर, सीपीयूलगायत सामग्री पनि बरामद गरिएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि कार्यालयमा कार्यरत अर्का एक कर्मचारीलाई पनि नियन्त्रणमा लिएपनि उनीप्रति संलग्नता नदेखिएपछि रिहा गर्ने तयारी गरिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Popular Tags:
Super Admin
>