२०२६-०६-१३
चितवनमा डेंगु र स्क्रब टाइफसको संक्रमण तीव्र, १५ दिनमै ५२ जना संक्रमित>
Action

चितवनमा डेंगु र स्क्रब टाइफसको संक्रमण तीव्र, १५ दिनमै ५२ जना संक्रमित

चितवन, साउन १६ । साउन महिनासँगै चितवनमा डेंगु र स्क्रब टाइफसको संक्रमण बढ्दो क्रममा छ। पछिल्ला १५ दिनमा मात्रै जिल्लाभित्रका अस्पतालहरूमा उपचारका लागि पुगेका बिरामीमध्ये २० जनामा डेंगु र ३२ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार ७९८ जनाको परीक्षणमा डेंगुको संक्रमण २० जनामा देखिएको हो। तीमध्ये १४ जना चितवनकै बासिन्दा हुन् भने बाँकी ६ जना अन्य जिल्ला बाहिरबाट आएका हुन्। संक्रमितमध्ये भरतपुरका ७, खैरहनीका ३, रत्ननगर र कालिकाका २–२ जना छन्। ५ जना पुरुष र ९ जना महिलामा संक्रमण देखिएको हो।

जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार हालको मौसम—बर्षा र घाम मिसिएको अवस्था—एडिस जातको लामखुट्टे प्रजननका लागि अनुकूल मानिन्छ। यही पोथी लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने गर्दछ। यसले प्रायः प्लास्टिकका भाँडाकुँडा, पुराना टायर, गमला, खुल्ला ट्याङ्कीमा जम्मा भएको सफा पानीमा अन्डा दिन्छ।

डेंगुका लक्षणमा टाउको, आँखाको गेडी, शरीर र हड्डी दुख्ने, उच्च ज्वरो आउने, छालामा डाबर देखिने, रक्तस्राव हुने लगायत समस्या देखिन्छ। जनस्वास्थ्य कार्यालयका प्रमुख डा. दिनेश रुपाखेतीका अनुसार लामखुट्टेको टोकाइबाट बच्न र वरपर पानी जम्न नदिने नै यसको मुख्य रोकथाम हो।

त्यसैगरी, यही अवधिमा ३२ जनामा स्क्रब टाइफस संक्रमण पनि पुष्टि भएको छ। तीमध्ये २३ जना चितवनका र ९ जना अन्य जिल्लाका हुन्। स्क्रब टाइफस मुसामा पाइने माइट नामक सूक्ष्म किरोको टोकाइबाट सर्ने सरुवा रोग हो, जसले ओरिएन्टिया सुसुगामुसी नामक ब्याक्टेरिया शरीरमा प्रवेश गराउँछ।

यो रोग एक व्यक्तिबाट अर्कोमा सर्दैन। माइट झाडी, फोहर क्षेत्र, खेतबारी वा वनजङ्गलमा बस्ने क्षेत्रमा बढी पाइन्छ। त्यसैले खेतबारी, घाँस बारी, जंगलतिर जानुपरेमा पूरै शरीर ढाक्ने लुगा लगाउन, जुत्ता प्रयोग गर्न, जमिनमा सिधै नबस्न र न सुत्न सुझाव दिइएको छ।

स्क्रब टाइफसको लक्षणमा १०४°F भन्दा बढी ज्वरो, अत्यधिक पसिना, आँखाको रातोपन, झाडापखाला, शरीरका प्रमुख अङ्गहरूमा असर, र कीराले टोकेको ठाउँमा रातो दाग देखिएर कालो हुनेजस्ता लक्षण देखिन्छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart