ताजा खबर
काठमाडौँ । नेपालमा आज पहिलोपटक राष्ट्रिय कोदो दिवस औपचारिक रूपमा मनाइएको छ। भक्तपुरको ताथलीमा आयोजित विशेष समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो।
मन्त्री अधिकारीका अनुसार कोदो दिवस मनाउने उद्देश्य उत्पादन वृद्धि र कोदोजस्तो परम्परागत अन्नलाई प्रवर्द्धन गर्ने हो। गत वर्ष देशभर २ लाख २५ हजार हेक्टरमा कोदो खेती गरिएको थियो, जसबाट ३ लाख मेट्रिक टनभन्दा बढी कोदो उत्पादन भएको थियो। सरकारले यस वर्ष उक्त तथ्यांकलाई उल्लेख्य रूपमा बढाउने योजना अघि सारेको मन्त्री अधिकारीले बताए।
सरकारले कोदो तथा कोदोजन्य बालीहरूमा आत्मनिर्भरता हासिल गर्न आयातमा नियन्त्रण ल्याउने र स्थानीय उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्ने रणनीतिसाथ कोदो दिवस मनाउन थालेको हो।
कोदो दिवस साना किसानको आम्दानी वृद्धि, खाद्य सुरक्षामा योगदान र पोषणयुक्त आहार प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष साउन १६ गते मनाइने भएको छ।
Super Admin
>