२०२६-०६-१३
‘शार्क ट्यांक नेपाल’को पहिलो महिनामै २१ करोडको लगानी, १७ स्टार्टअपले पाए अवसर>
Action

‘शार्क ट्यांक नेपाल’को पहिलो महिनामै २१ करोडको लगानी, १७ स्टार्टअपले पाए अवसर

काठमाडौं । व्यवसायिक नवप्रवर्तनलाई टेलिभिजनमार्फत प्रवर्द्धन गर्ने उद्देश्यसाथ सुरु गरिएको ‘शार्क ट्यांक नेपाल’ले प्रसारणको पहिलो महिनामै उल्लेखनीय सफलता पाएको छ । हालसम्म देखाइएको ८ एपिसोडमार्फत १७ वटा स्टार्टअपहरूले शार्कहरूसँग २१ करोड रुपैयाँभन्दा बढी लगानी आकर्षित गरेका छन् ।

यसमा सबैभन्दा धेरै लगानी वेद एपले पाएको हो, जसले ६ करोड रुपैयाँ जुटाएको छ । शार्क हेमराज ढकालले उक्त लगानी २० प्रतिशत इक्विटी र केपीआई (प्रदर्शन मूल्याङ्कन सूचक) को आधारमा गरेका हुन् । यता सबैभन्दा न्यून लगानी ‘बिहे नेपाल’ म्याट्रिमोनिअल एपले पाएको छ—मात्र १ हजार रुपैयाँ, त्यो पनि १ प्रतिशत इक्विटीमा । चारैजना शार्क यस एपमा हिस्सेदार बनेका छन् ।

अन्य स्टार्टअपहरूमध्ये भोला फुड्स, आर्ट माया, मेरो कोडिङ क्लास, सजिलो सेवा, अल्छी पसल, गुडविस इन्जिनियरिङ, ट्यालेन्ट कनेक्सन, साथी प्याड, जय देउराली कृषि फार्म लगायतले पनि विभिन्न आकारका लगानी पाएका छन् । यीमध्ये कसैले करोडौं लगानी पाउँदा केहीले लाखौंमै सन्तुष्टि पाएका छन् ।

‘शार्क ट्यांक नेपाल’ हरेक बुधबार र बिहीबार राति ९ बजे हिमालय टेलिभिजन र युट्युबमार्फत प्रसारण हुँदै आएको छ । नवप्रवर्तनशील सोच, आत्मविश्वास र उद्यमशीलताको संयोजन देखिन थालेको यो कार्यक्रम दर्शकबीच पनि लोकप्रिय बन्दै गएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart