ताजा खबर
चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा सोमबारदेखि शांघाइ सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलन सुरु भएको छ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओली भदौ १४ गते चीन पुगेका हुन्। पाँचदिने भ्रमणमा उनी विभिन्न मुलुकका शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका छन्। चीन पुगेपछि उनले राष्ट्रपति सी जिनफिङसँग भेट गर्दै लिपुलेक हुँदै भारतसँग भएको व्यापारिक सहमतिप्रति आपत्ति जनाएका थिए।
सन् २००१ मा स्थापित एससीओमा चीन, रुस, भारत, पाकिस्तान, इरान, बेलारुस, काजकस्तान, किर्गिस्तान, ताजकिस्तान र उजबेकिस्तान सदस्य छन्। नेपाल सन् २०१६ देखि संवाद साझेदार बनेको हो। यसपटक पहिलोपटक नेपालबाट उच्चस्तरीय सहभागिता भएको हो।
प्रधानमन्त्री ओलीले आजै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु र लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेट गर्ने कार्यक्रम छ। आइतबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भेट गरेका थिए।
Super Admin
>